Dictionary

All Word

4501 कुसुमे वि. हल्का रातो रङ्गको, कुसुम रङ्गको।
4502 कुसुमे वि. (उदा.- सानोमा सानो कुसुमे रुमाल धोइदिने कोई छैन, बिरानो देशमा मै मरिगए रोइदिने कोई छैन। लोकगीत) |
4503 कुसुम्भ ना. १. कुसुमको बोट वा फूल।
4504 कुसुम्भ ना. २. केसर, कुङ्कुम।
4505 कुसुरो ना. टुसाका जस्तो आकारको कुनै वस्तु।
4506 कुसे वि. कुशको, कुशसम्बन्धी।
4507 कुसे औंसी ना. भदौ महिनाको अमावस्या तिथि।
4508 कुसे औंसी ना. (यस दिन काटिएको कुश वर्ष दिनसम्म बासी मानिन्न)।
4509 कुसेत्रो ना. १. पुरानो वा सानोतिनो कामचलाउ छाता, घुम।
4510 कुसेत्रो ना. २. थोत्रो र रद्दी कपडा वा यस्तै कुनै वस्तु।
4511 कुसौरो ना. हे. कुसाउरो।
4512 कुस्त वि. चाहिने वा लिनबोक्न सकेसम्मको पूरापूर, प्रशस्त; भरमार।
4513 कुस्ताकुस्ती ना. परस्परमा एकले अर्कालाई पछार्न पर्ने कुस्ती, आपस - आपसको लडन्।
4514 कुस्ती ना. परस्परमा एकले अर्कालाई पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; मल्लयुद्ध, पहलमानी।
4515 कुस्तीबाज ना. कुस्ती खेल्ने वा कुस्ती लड्ने सोख भएको मानिस, पहलमान।
4516 कुस्तुर वि. साह्रै डराएको; त्रस्त; लुगलुग कामेको; भयभी।
4517 कुस्ले ना. बाजा बजाउने, लुगा सिउने आदि काम गर्ने पेसा भएको नेवारी भाषी एक जाति।
4518 कुस्ले बाजा ना. कुस्लेहरूले बजाउने बाजा।
4519 कुहर ना. दुलो, प्वाल।
4520 कुहर ना. (उदा.- जति भने पनि उनको कर्णकुहरमा केही घुसेन।
4521 कुहाइ ना. कुहुने क्रिया वा प्रक्रिया।
4522 कुहाइनु क.क्रि. सडाइनु, कुहुन लाइनु।
4523 कुहाउनु प्रे. क्रि. सडाउनु, कुहुन लाउनु।
4524 कुहिनु अ.क्रि. कुहुने काम होइन, सडिनु।
4525 कुहिनेटो ना. कुनो परेको ठाउँ, केही घुमेको ठाउँ, कुहुनेटो, कुइनेटो।
4526 कुहिरीमण्डल ना. बादल, तुवाँलो, धुवाँ, धुलो आदिले ढपक्क ढाक्ने काम।
4527 कुहिरे वि. १. कुहिरो आँखा भएको, कुइरे।
4528 कुहिरे वि. ना. २. अङ्ग्रेज युरोपमा बस्ने जाति।
4529 कुहिरो ना. १. धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण, कुइरो, हुस्सु।
4530 कुहिरो ना. वि. २. धुवाँ लागेजस्तो, कैलो (आँखा)।
4531 कुहिरोको काग टु. केही थाहा नपाइने अवस्था वा अन्योलमा पर्दा दृष्टान्त दिने बोली।
4532 कुहुनु अ.क्रि. कुनै वस्तु चिसो लागेर, ओइलेर, गलेर सड्नु, दुर्गन्धी हुनु, बिग्रनु, बयेलिनु।
4533 कुहुकुहु ना. कोइलीको सुरिलो आवाज।
4534 कुहुनु ना. पाखुरा र नारीका जोर्नीको तल्लो साह्रो भाग।
4535 कुहुनेटो ना. हे. कुहिनेटो।
4536 कुहू ना. चन्द्रमाको कला नदेखिने औंसीको रा।
4537 कुहूकुहू ना. हे. कुहु कुहु॥ कोइलीको सुरिलो आवाज।
4538 कुहेत्रो ना. १. शरीरका अङ्गहरू कुहिने एक रोग।
4539 कुहेत्रो ना. २. कुहेको चिज वा वस्तु।
4540 कुह्यान वि. १. कुहिएको; सडेको।
4541 कुह्यान वि. २. ना. कुहिएर सडेको वस्तु।
4542 कूँच ना. हे. कुँच।
4543 कुँजो वि. हे. कुँजो।
4544 कूच ना. [तु.] है. कुच।
4545 कूची ना. हे. कुची।
4546 कूचीकार ना. हे. कुचीकार।
4547 कूचो ना. हे. कुचो।
4548 कूज ना. पक्षीहरूको मिठो बोली, कूजन।
4549 कूजन ना. पक्षीहरूको मधुर स्वरको बोली, चराचुरुङ्गी एक शब्द |
4550 कूजित वि. १. बोलिएको वा भनिएको, ध्वनि।