Dictionary

All Word

4551 कूजित वि. २. ध्वनिपूर्ण गुँजेको।
4552 कूजित वि. ३. पक्षीहरूको मधुर स्वरले युक्।
4553 कूजित वि. ना. ४. पक्षीहरूको बोली; कूज |
4554 कूट ना. १. रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना।
4555 कूट ना. २. पहेली ; प्रहेलिका।
4556 कूट ना. ३ अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न।
4557 कूट ना. ४. पर्वतको शिखर, टाकुरो।
4558 कूट ना. ५. मन्दिर, दरबार आदिका शिखरको गजुर।
4559 कूट ना. ६. थुप्रो, रास।
4560 कूट ना. ७. लिही।
4561 कूट ना. ८ माया, छल, कपट।
4562 कूट ना. वि. . दुर्गम वा दुर्बोध।
4563 कूट ना. १० निश्चल, अडिलो।
4564 कूट ना. ११. झुटो बोल्ने, मिथ्यावादी।
4565 कूटकविता ना. व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो नाइएको कविता, अड्को थाप्ने कविता प्रहेलिका।
4566 कूटनीति ना. १ राष्ट्र राष्ट्रका बिचको राजनीतिक सम्बन्ध वा त्यस्तो सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति।
4567 कूटनीति ना. २. व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति।
4568 कूटनीति ना. ३. रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याउने तथा आफू सधैँ ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चाल।
4569 कूटनीति ना. ४. जसरी पनि आफ्नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली |
4570 कूटनीतिक वि. कूटनीतिसम्बन्धी; कूटनीति जान्ने; कूटनीतिज्ञ।
4571 कूटनीतिज्ञ कूटनीति जान्ने; कूटनीतिक।
4572 कूटपाश ना. पशुपक्षीहरूलाई अल्झाउने पासो, जाल।
4573 कूट प्रमाणपत्र ना. बनावटी प्रमाणपत्र नक्कली प्रमाणपत्र |
4574 कूट प्रश्न ना. पहेली; प्रहेलिका।
4575 कूटमान ना. घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि, खोटो मानु, पाथी वा ढक।
4576 कूटमुद्रा ना. प्रचलितबाहेक बाहिरबाट अवैध रूपमा निकालिएको मुद्रा; खोटो टक; नचल्ने सिक्का।
4577 कूटयुद्ध ना. १. शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध।
4578 कूटयुद्ध ना. २. नकली युद्ध, झुटो लडाइँ।
4579 कूटयोजना ना. नराम्रो विचारले वा छलकपटपूर्वक गरिने कुनै "कामको योजना, षड्यन्त्र।
4580 कूटसाक्षी जसले साक्षी राखेको छ उसैको नहुँदो ढङ्गले बकपत्र गर्ने साक्षी झुटो साक्षी वा गवाह।
4581 कूटस्थ वि. १. माथिल्लो।
4582 कूटस्थ वि. २. नटाँसिएको, निर्लिप्।
4583 कूटस्थ वि. ३. अचल, गुप्।
4584 कूत ना. हे. कु।
4585 कूत तिरो ना. हे. कुत तिरो।
4586 कूप ना. १. कुवा, वापी।
4587 कूप ना. २. प्वाल, खाल्टो।
4588 कूपमण्डूक ना. १. कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याड |
4589 कूपमण्डूक ना. वि. २. सीमित वा थोरै ज्ञान भएको।
4590 कूपयन्त्र ना. इनारबाट पानी झिक्ने यन्त्र, अरघट्टघटी।
4591 कूर्च ना. १. मयूरको प्वाँख वा पुच्छर।
4592 कूर्च ना. २. शिखा।
4593 कूर्च ना. ३. मुठो, मुठी ४. दुई आँखीभुइँका बिचको ठाउँ।
4594 कूर्च ना. ५. यज्ञका ससाना पात्रहरू राख्ने ठुलो भाँडो।
4595 कूपमर्कट ना. १. कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर।
4596 कूपमर्कट ना. २. कुचोजस्तो पुच्छर हुने सानो जातको वानर।
4597 कूप मर्कटानुगण ना. कूर्चमर्कट जस्तै एक प्रकारको सानो जातको वानर।
4598 कूर्म ना. कछुवा, विष्णुले कछुवा अवतार लिएको मानिने एक रूप।
4599 कूर्मपुराण ना. अठार पुराणमध्ये विष्णुले कछुवाको अवतार लिएको कथा र माहात्म्य वर्णन भएको एक पुराण |
4600 कूर्माञ्चली वि. अघिको एक राज्य कूर्माञ्चलको; कूर्माञ्चलसम्बन्धी।