Dictionary

All Word

4601 कूल ना. दी वा पोखरीको किनार, तट, तीर।
4602 कूलध्वनि ना. सजातीय एवं निकटतम ध्वनिहरूको समूह।
4603 कूवा ना. हे. कुवा।
4604 कृच्छ्र वि. १. दुःखदायक; कष्टदायक; मुस्किल।
4605 कृच्छ्र वि. २. पञ्चगव्य खाई अर्को दिन उपवास बस्ने प्रायश्चित्तका निम्तिको व्र।
4606 कृत् ना. १. धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय ( बन् + आइ, चल्+उवा, हाँस्+एर इ.); २. वस्तुवाचक शब्दको पछिल्तिर रही 'बनाउने ' अर्थ बुझाउने विशेषणवाची शब्द ( शास्त्रकृत, भाष्यकृत् इ.)।
4607 कृत् वि. १. गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ। )।
4608 कृत् वि. २. गरिसकिएको; पूरा भएको।
4609 कृत् वि. ना. ३. चार युगमध्ये पहिलो युग; सत्ययुग।
4610 कृतक वि. बनाइएको; बनावटी; नकली।
4611 कृतक पुत्र ना. बनाइएको छोरो ; धर्मपुत्र।
4612 कृतकार्य वि. कार्य पूरा भएको वा सिद्ध गरेको; मनोरथ पूर्ण भएको कृतार्थ, कृतकृत्य।
4613 कृतकृत्य वि. गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको, कृतकार्य, सफल; धन्य।
4614 कृतकृत्य वि. (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु)।
4615 कृतघ्न वि. १. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी।
4616 कृतघ्न वि. २. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने।
4617 कृतघ्न वि. (उदा.- त्यो मानिसलाई मैले भाइ जस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ !)।
4618 कृतघ्नता ना. कृतघ्न हुनाको भाव वा अवस्था; बैगुनीपन।
4619 कृतज्ञ वि. गरेको उपकार देख्ने वा मान्ने गुन मान्ने।
4620 कृतज्ञ वि. (उदा.- आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)।
4621 कृतज्ञता ना. कृतज्ञ हुनाको काम, भाव वा अवस्था।
4622 कृतज्ञता ज्ञापन ना. कुनै उपकारपूर्ण कार्यका निम्ति कसैको गुन मानेर त्यो कुरो जनाउने वा बताउने काम; आभारको हार्दिक अभिव्यक्ति।
4623 कृतज्ञता ज्ञापन ना. (उदा.- प्रस्तुत ग्रन्थमा विद्वान्हरूबाट पाएको सहयोगका निम्ति म उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु)।
4624 कृतपूर्व वि. १. आफूप्रति कर्तव्य पालना गरिसकेको।
4625 कृतपूर्व वि. २. गर्नुपर्ने काम पहिल्यै गरिसकिएको; पहिले बनाइएको।
4626 कृतप्रतिज्ञ वि. कुनै कुराका निम्ति प्रतिज्ञा वा अठोट गरिसकेको; गर्ने वा नगर्ने कबुल गरिसकेको।
4627 कृतयुग ना. चार युगमध्ये पहिलो युग, सत्ययुग।
4628 कृतविद्या वि. राम्ररी विद्या प्राप्त गरेको, कुनै विद्याको पूर्ण विद्वान्।
4629 कृतवीर्य वि. १. बलवान् बलियो, वीर्यसम्पन्न |
4630 कृतवीर्य वि. ना. २. सहस्रार्जुनका बाबुको नाम।
4631 कृतसङ्कल्प वि. कुनै कार्यका निम्ति निश्चय वा अठोट गरिसकेको; सङ्कल्प गरिसकेको; गर्ने खोजेको वा पक्का गर्ने भएको।
4632 कृतहस्त ना. हातले काम गर्नमा सिपालु, सिद्धहस्त; कुशल |
4633 कृतार्थ वि. १. काम सिद्ध हुनाले खुसी र सन्तोष भएको मनोरथ पूर्ण भएको।
4634 कृतार्थ वि. २. गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको।
4635 कृतार्थ वि. ३. कृतकृत्य।
4636 कृति ना. १. गरिएको कुनै असल वा ठुलो काम पूरा गरेको कार्य।
4637 कृति ना. २. कुनै पुस्तक, चित्र आदिको रचना |
4638 कृति ना. ३. परोपकारका निम्ति बनाइएका सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।
4639 कृति ना. ४. एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।
4640 कृतित्व ना. कृतिमा हुने वा रहने गुण वा विशेषता।
4641 कृति सूची ना. कृतिहरूको नामनामेसी, रचयिता, प्रकाशनमिति आदि लेखिएको विवरण; अनुक्रमणिका।
4642 कृतिस्वाम्य ना. कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार, स्वत्वाधिकार, कपीराइट।
4643 कृती वि. १. कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने।
4644 कृती वि. २. कुशल, निपुण।
4645 कृती वि. ३. पुण्यात्मा।
4646 कृती वि. ४. साधु।
4647 कृती वि. ५. कृतकार्य।
4648 कृती वि. ६. कृतार्।
4649 कृती वि. ७. विद्वान्।
4650 कृत्ति ना. १. हरिण, हात्ती आदिको छाला, मृगचर्म।