Dictionary

All Word

4651 कृत्ति ना. २. छाला, चर्म।
4652 कृत्तिका ना. १. सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र।
4653 कृत्तिका ना. २. आकाशमा देखिने अग्निको शिखाजस्तो आकार भएको छवटा ताराको समूह; किरकिटी |
4654 कृत्तिवास ना. १. हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव।
4655 कृत्तिवास ना. २. बङ्गला भाषामा रामायणका प्रणेता प्रसिद्ध व्यक्ति।
4656 कृत्परसर्ग ना. शब्दका पछाडि गाँसिने प्रत्ययको एक भेद, कृदन्त प्रत्यय |
4657 कृत्य ना. १. धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म।
4658 कृत्य ना. २. कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम |
4659 कृत्य ना. ३. कर्तव्य कार्य; काम।
4660 कृत्य ना. वि. ४. गर्नुपर्ने; गर्न योग्य।
4661 कृत्या ना. १. आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी।
4662 कृत्या ना. २. तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम।
4663 कृत्या ना. ३. दुष्टा र कर्कशा स्त्री।
4664 कृत्याकृत्य वि. गर्न हुने र नहुने वा उचित र अनुचित (काम); कर्तव्याकर्तव्य |
4665 कृत्रिम वि. १. प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी।
4666 कृत्रिम वि. २. नकली।
4667 कृत्रिम वि. ३. जाली; किर्ते।
4668 कृत्रिम अभाव ना. कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गद्वारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने गरिने बनावटी स्थिति।
4669 कृत्रिम अभाव ना. (उदा.- बजारमा व्यापारीहरूद्वारा सिर्जिएको कृत्रिम अभावले खाद्यान्न वस्तुमा जनतालाई निकै मर्का परेको छ।
4670 कृत्रिम गर्भाधान ना. पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुऱ्याएर पेट बोकाउने काम, कृत्रिम रूपमा गर्भधारण गराउने काम।
4671 कृत्रिम श्वास ना. फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास।
4672 कृदन्त ना. धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द ( लेख् + आइ = लेखाइ, चल्+उवा = चलुवा, बस्+एर = बसेर इ.)।
4673 कृपण वि. साह्रै छुच्चो; कन्जुस, किरन्टोकी; चुइयाँ।
4674 कृपणता ना. छुच्चोपन; कन्जुस्याइँ।
4675 कृपणी वि. १. कन्जुस, कृपण।
4676 कृपणी वि. २. दुःखी, दीन।
4677 कृपया यो. कृपापूर्वक; कृपा गरेर, मेहरबानी गरी।
4678 कृपा ना. करुणापूर्वक कसैमाथि गरिने दयामाया, अनुग्रह; निगाह |
4679 कृपाकर वि. कृपा गर्ने; दयामाया गर्ने; कृपालु।
4680 कृपाकाङ्क्षी वि. नम्र स्वभावले कुनै आकाङ्क्षा गर्ने; कृपा चाहने।
4681 कृपाङ्क ना. परीक्षामा उत्तीर्णाङ्क योग पुगेर पनि एक वा दुई विषयसम्म थोरै अङ्कले अनुत्तीर्ण हुने विद्यार्थीलाई सम्बन्धित परीक्षानिकायले निर्णय गरेअनुसार थप्ने वा जोडिदिने अङ्क, थप प्राप्ताङ्क।
4682 कृपाण ना. तरबार, खड्ग; कटार।
4683 कृपाणिका ना. सानो तरबार सानो हतियार।
4684 कृपापात्र वि. १. कृपा गर्न योग्य, दयामायाको अधिकारी।
4685 कृपापात्र वि. २. कृपा पाएको; ममता गरिएको।
4686 कृपालु वि. कृपा गर्ने स्वभाव वा बानी भएको, दयामाया राख्ने कृपायुक्।
4687 कृपालुता ना. कृपालु हुनाको भाव वा अवस्था; दयालु वा मायालुपन।
4688 कृपावाद ना. योग्यता नहेरी आफ्नो चाकरी गर्नेलाई कृपा गर्ने अनुचित सिद्धान्त वा प्रवृत्ति।
4689 कृमि ना. १. पेटभित्र पर्ने जुका आदि किरा।
4690 कृमि ना. २. ससाना किरा; कीट |
4691 कृमिकोश ना. १. रेसमका किराको गुँड रेसमको कोयो।
4692 कृमिकोश ना. २. पुतलीहरू बन्ने किराका लार्भा।
4693 कृमिरोग ना. आमाशय र पक्वाशयमा पर्ने जुका आदिको रोग।
4694 कृमिविज्ञान ना. किराहरूको उत्पत्ति, विनाश, गुण, दोष आदिको विचार गरिने विद्या, कीटविज्ञान |
4695 कृमिशैल ना. धमिराको गोलो।
4696 कृश वि. १. दुब्लो पातलो झिनो ख्याउटे।
4697 कृश वि. २. कमजोर; निर्धो।
4698 कृशता ना. कृश हुनाको भाव वा अवस्था; दुब्लोपन, निर्धोपन।
4699 कृशकाय वि. दुब्लो शरीर भएको; क्षीण शरीर भएको।
4700 कृशाङ्गी वि. तन्वड्गी, पातलो र चिटिक्क परेको शरीर भएकी दुब्लो शरीर भएकी तन्वङ्गी (स्त्री)।