Dictionary

All Word

4701 कृश कृशोदरी वि. पातलो र झिनो कमर भएकी (स्त्री)।
4702 कृषक ना. किसान खेतीवाल।
4703 कृषक अगुवा ना. कृषि विभागले कृषिसम्बन्धी तालिम दिएर वैज्ञानिक तथा उन्नत रूपमा खेती गर्न कुशल बनाइएका किसान वा तिनको नाइके।
4704 कृषाण ना. १. कृषक, किसान खेतीवाल।
4705 कृषाण ना. २. हलो जोत्ने व्यक्ति हली।
4706 कृषि ना. खनजोत गर्नुपर्ने तथा बालीनाली लगाउनुपर्ने र 'तत्सम्बन्धी सबै काम; खेती किसानी।
4707 कृषि अर्थशास्त्र ना. कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप वा दक्षताको विकास गर्न सघाउ पु-याउने शास्त्र।
4708 कृषि अर्थशास्त्री ना. कृषिअर्थशास्त्रका ज्ञाता वा विशिष्ट विद्वान्।
4709 कृषि ऋण ना. खेतीपातीको काममा खर्च गर्न तथा गोरु, भैंसी, बङ्गुर, कुखुरा, फलफूल आदिको व्यवसाय गर्न किसानहरूलाई सरल ब्याजमा दिइने ऋण, कृषिकार्यका निम्ति सहयोगस्वरूप दिइने कर्जा।
4710 कृषि उपज ना. खेतीकिसानीबाट उत्पादन हुने अन्नपात, पशुपक्षी, दुधघिउ, फलफूल आदि वस्तु।
4711 कृषि उत्पादन ना. १. कृषिव्यवसायद्वारा उत्पन्न हुने खाद्यान्न, फलफूल, सागपात, पशुपक्षी, बस्तुभाउ, दुधघिउ आदि।
4712 कृषि उत्पादन ना. २. बालीनाली, बस्तुभाउ, फलफूल आदि बढाउने, हुर्काउने र फैलाउने काम।
4713 कृषि ऐन ना. कृषिव्यवसायसम्बन्धी कानुन; जग्गाधनी, मोही र सरकारका बिच सम्बन्ध कायम गर्न तथा कृषिउद्योगको विकास गर्नका निम्ति तर्जुमा गरिएको नीति।
4714 कृषिकर्म ना. खेतीपातीको काम, खनजोत गर्ने काम, खेती।
4715 कृषिगृह ना. खेतीपातीको रेखदेखका निम्ति बनेको घर, काम।
4716 कृषिचुन ना. जमिनको अम्लपन हटाई खेतीयोग्य बनाउन तथा उत्पादन वृद्धि गर्नका निम्ति उपयोग गरिने चुन।
4717 कृषिजीवी वि. खेती गरेर निर्वाह गर्ने वा जीविका चलाउने।
4718 कृषिप्रधान वि. खेती नै मुख्य पेसा वा आधार भएको।
4719 कृषिप्रधान वि. (उदा. - नेपाल कृषिप्रधान देश हो।
4720 कृषिमौसम आयोग ना. कृषिका निम्ति उपयुक्त मौसमको विचार गर्ने र आवश्यक तथ्याङ्क, विवरण, माप आदि निकाल्ने काम गर्ने राज्यको अङ्गविशेष |
4721 कृषि यन्त्र ना. इन्जन जोरिएको, खेत जोत्ने, बाली काट्ने, दाउनेजस्ता खेतीसम्बन्धी काम गर्ने मसिन |
4722 कृषि वर्ष ना. १. इ. १९७७ मा संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको विशेष वर्ष।
4723 कृषि वर्ष ना. २. नेपालको पुरानो चलनचल्तीअनुसार मोही पजनी, बाली वा रिन लिनेदिने आदि कृषिसम्बन्धी काम वा हरहिसाब गर्दा प्रयोग गरिने, अघिल्लो वर्षको श्रीपञ्चमीदेखि अर्को वर्षको श्रीपञ्चमीभित्रको अवधि |
4724 कृषि विकास बैङ्क ना. कृषि - विकासका निम्ति आवश्यक सरसहयोग जुटाउन, तत्सम्बन्धी आधार तथा उद्योग स्थापित गर्न र भएका आधार तथा उद्योगको सुदृढीकरण गर्न सहायता गर्ने ब्याङ्क।
4725 कृषिविज्ञान ना. कृषिसम्बन्धी विषयमा वैज्ञानिक रूपले विचार गरिएको अनुसन्धान तथा अनुभवपूर्ण ज्ञान वा त्यसै विषयको ग्रन्।
4726 कृषि विभाग ना. कृषिसम्बन्धी कार्यव्यवस्था तथा नीतिनियमको सञ्चालन गर्ने र आवश्यक सरसाधनको प्रबन्ध मिलाई तत्सम्बन्धी कार्यको अवलोकनसमेत गर्ने केन्द्रीय अड्डा।
4727 कृषि व्यवसाय ना. खेतीपातीसम्बन्धी उद्योगधन्दा वा पेसा।
4728 कृषि समिति ना. खेतीपातीको उद्योगधन्दा वा पेसालाई वैज्ञानिकीकरण गर्ने र सुधार ल्याउने कामका निम्ति सरकारी-गैरसरकारी प्रतिनिधिहरू सामेल गरी बनाइने संस्था वा सङ्गठन।
4729 कृषि साधन ना. खेतीपातीका निम्ति आवश्यक पर्ने हलो - कोदालो, मल - बिउ आदि सामग्री र सिँचाइकुलो आदि साधन।
4730 कृष्ट वि. १. खनजोत गरिएको।
4731 कृष्ट वि. २. तानिएको; घिच्याइएको।
4732 कृषिभूमि ना. खनजोत गरिएको तथा बालीनाली रोपिएको जमिन।
4733 कृष्टि ना. १ खन्नेजोत्ने काम।
4734 कृष्टि ना. २. तान्ने काम वा अवस्था।
4735 कृष्टि ना. ३. विद्वान् व्यक्ति।
4736 कृष्ण ना. १. विष्णुका दश अवतारमध्ये आठौं अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध महापुरुष वा नेता।
4737 कृष्ण ना. २. व्यास र अर्जुनको उपनाम।
4738 कृष्ण ना. ३. केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इ.।
4739 कृष्ण ना. वि. ४. कालो वर्णको; कालो; साँवलो।
4740 कृष्णक ना. १. कालो मृगको छाला, कालो मृगचर्म।
4741 कृष्णक ना. २. कालो रङको सयुं।
4742 कृष्णकली ना. एउटै आँख्लामा दुईतिरै हाँगा हाल्ने, खोर्सानीका जस्ता पात हुने र बाहिरपट्टि गुलाफी चारवटा पटल तथा भित्रपट्टि बैजनी रङका दल हुने फूलको बोट वा त्यसैको फूल।
4743 कृष्णचरित्र ना. कृष्णको जीवनी, व्यक्तित्व र कृतित्वको वर्णन भएको कथा वा उनैको चरित्रमा आधारित काव्यकृति।
4744 कृष्णजिरा १. केही बास्ना आउने कालो रङको जिरा, कालोजिरा।
4745 कृष्णजिरा २. मसिना गेडा हुने असल खालको धान वा त्यसैको चामल |
4746 कृष्णद्वैपायन ना. वेदव्यास।
4747 कृष्णपक्ष ना. पूर्णिमापछि प्रतिपदादेखि अमावस्यासम्मका पन्ध्र दिन वा तिथिको समूह, चान्द्रमासको अँध्यारो पक्ष औंसी पच्छे।
4748 कृष्ण प्रणामी ना. सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय।
4749 कृष्णभोग ना. १. बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल।
4750 कृष्णभोग ना. २. एक जातको असल आँप।