Dictionary

All Word

4751 कृष्णयजुर्वेद ना. यजुर्वेदका दुई प्रमुख शाखा कृष्णयजुर्वेद र शुक्लयजुर्वेदमध्ये एक।
4752 कृष्णलवण ना. बिरेनुन।
4753 कृष्णलोह ना. चुम्बक।
4754 कृष्णशालि ना. कृष्णभोग धान।
4755 कृष्णसार ना. कालो पिठ्यूँ, सेतो पेट र लामा बटारिएका सिङ हुने एक जातको मृग कालो हरिण।
4756 कृष्णा ना. १. काला पात भएको तुलसी।
4757 कृष्णा ना. २. द्रौपदीको एक नाम।
4758 कृष्णा ना. ३. दक्षिण भारतको एक प्रसिद्ध नदी।
4759 कृष्णा ना. ४. कालीगण्डकी।
4760 कृष्णागरु ना. लेपमा प्रयोग गरिने एक प्रकारको बुटी |
4761 कृष्णाजिन ना. कृष्णसार मृगको छाला कालो मृगको छाला, कृष्णक|
4762 कृष्णाभिसारिका ना. अँधेरी रातमा काला लुगा लाएर नायक दिएको सङ्केतस्थलमा जाने नायिका।
4763 कृष्णाष्टमी ना. कृष्ण जन्मेको तिथि, कृष्णजयन्ती, भाद्र कृष्ण अष्टमी|
4764 कृष्य वि. खेती गर्न योग्य, आबाद गर्न लायक (जमिन)।
4765 केq सर्व. प्रश्न गर्दा वा निन्दा, वितर्क, सन्देह आदि बुझाउँदा प्रयोग गरिने शब्द, कुन (वस्तु, कुरो, काम आदि)।
4766 केq विभ. पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न, लाई, लागि।
4767 केq विभ. (उदा.- रु. ५००/- दिनुपर्ने मध्ये गएको राम रु. १५०/-, श्यामके रु. १००। आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित ) |
4768 केक ना. मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी |
4769 केका ना. मयूरको शब्द वा बोली।
4770 केकी ना. मयूर, मुजुर।
4771 केके जाति वि. नेक भाँति नानावली।
4772 केजाति अव्य. चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द।
4773 केजाति अव्य. (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि भएन)।
4774 केजी ना. किलोग्रामको छोटकरी रूप, एक हजार ग्रामको तौल |
4775 केजो ना. अग्ला पहाडतिर उम्रने, मोटो डाँठ र हाँगादार हुने, हाँगाहरू कलिलो छँदा गुलियो हुने अनि छिप्पिएपछि तितो हुने र अचार खाइने एक बोट।
4776 केटाकेटी ना. १. साना नानीहरू, बालक- बालिका; भुराभुरी।
4777 केटाकेटी ना. २. छोराछोरी, बालबच्चा।
4778 केटाकेटी ना. ३. बेउला - बेउली, वरवधू।
4779 केटाकेटी ना. ४. गैंडाका बच्चा |
4780 केटाकेटी ना. वि. ५. बुद्धि नछिप्पिएको; आलोकाँचो।
4781 केटी ना. १. सानी ठिटी, बालिका।
4782 केटी ना. २. बिहे गर्ने बेलाकी स्त्री, कन्या।
4783 केटी ना. ३. दासी, सुसारे।
4784 केटो ना. १. सानो ठिटो; बालक।
4785 केटो ना. २. बिहे गर्ने बेलाको पुरुष, कुमार।
4786 केटो ना. 3. गैंडाको बच्चो|
4787 टौली ना. १. केटाकेटी अवस्था ठिटौली।
4788 टौली ना. २. उमेर नछिप्पिएको अवस्था वा अल्लारेपन।
4789 केटोलो वि. १. केटौली अवस्थाको; केटाकेटीपनाको।
4790 केटोलो वि. २. अल्लारे |
4791 केतक /केतकी ना. लामा साँप्लाजस्ता तिखा र चिल्ला पात हुने, डाँठ र पातमा काँढा लाग्ने, डाँठबाट बरका जस्ता जरा निस्कने, घोगो परेको र सेतो सुगन्धी फूल फुल्ने एक जातको झाङ वा त्यसैको फूल; केत्तुके; केवडा।
4792 केतन ना. १. घर, भवन।
4793 केतन ना. २ ठाउँ स्थान।
4794 केतन ना. ३. ध्वजा, झन्डा।
4795 केतु ना. १. नवग्रहमध्ये एक ग्रह, गिंड मात्रमा कल्पना गरिएको ग्रह।
4796 केतु ना. २. पुच्छ्रेतारा, धूम्रकेतु।
4797 केतु ना. ३. ध्वजा, झन्डा।
4798 तुवा ना. रम्बाँस, हातीवार।
4799 केत्तुके ना. १. केतकी, काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट।
4800 केत्तुके ना. २. सयपत्रीको नाभो फूल।